काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुने भएका छन् ।
रास्वपाले उद्घाटन सत्रमा शुभकामना मन्तव्यका लागि विभिन्न दलका प्रतिनिधिलाई निमन्त्रणा गरेको थियो । सोही क्रममा कांग्रेस सभापति थापा पनि चितवनमा आयोजना हुने महाधिवेशनमा सहभागी हुन जाने उनका स्वकीय सचिव शंकर कुइँकेलले जानकारी दिएका छन् ।
रास्वपाको पहिलो महाधिवेशन आइतबार चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा सुरु हुँदैछ । उद्घाटन कार्यक्रममा विपक्षी दलका नेताहरूको समेत सहभागिता रहने बताइएको छ ।
रास्वपा महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुँदै
Leave a Comment
Leave a Comment






