काठमाडौं, वैशाख १२ — घरेलु मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलामा नेपालले यूएईसामु २०१ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर बलिङ रोजेको यूएईविरुद्ध नेपाल ४८.२ ओभरमा २०० रनमै समेटियो।
नेपालको इनिङ्समा दीपेन्द्र सिंह ऐरी ले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ७५ रन जोडे। उनले ९० बल सामना गर्दै ५ चौका र २ छक्का प्रहार गरे। ऐरीले ५९ बलमा अर्धशतक पूरा गरेका थिए, जुन उनको एकदिवसीय अन्तर्राष्ट्रिय करियरको छैटौँ अर्धशतक हो।
ओपनिङमा कुशल भुर्तेल ले २४ रन बनाए भने बसिर अहमद ले २० रन थपे। मध्यक्रममा आरिफ शेख र सोमपाल कामी ले समान १५ रन बनाए भने भिम सार्की ले १० रनको योगदान दिए।
आसिफ शेख ७ रनमा आउट हुँदा कप्तान रोहित पौडेल ले मात्र २ रन बनाउन सके। अन्त्यतिर करण केसी ले २२ रन जोड्दै स्कोर उकास्ने प्रयास गरे।
बलिङतर्फ यूएईका अजय कुमार ले ३ विकेट लिए। त्यस्तै आलि तनविर र जुनैद सिद्दिकी ले समान २–२ विकेट लिए भने हैदर अली र मुहम्मद सहदाद ले एक–एक विकेट हात पारे।
अब यूएईले केहीबेरमै २०१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ सुरु गर्नेछ।
ऐरीको अर्धशतकले नेपाल बलियो अवस्थामा, यूएईलाई २०१ रनको लक्ष्य
Leave a Comment
Leave a Comment

