संसद् स्थगनपछि सरकारद्वारा दुई अध्यादेशको सिफारिस

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ । सरकारले संसद् अधिवेशन स्थगन गरेपछि अन्ततः अध्यादेशमार्फत कानुनी प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सहकारी र संवैधानिक परिषद्सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
उक्त सिफारिस राष्ट्रपतिसमक्ष पठाइएको छ। रामचन्द्र पौडेल समक्ष पुगेका ती अध्यादेशहरू हाल अध्ययनको क्रममा रहेको जनाइएको छ।
राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवर ले दुई अध्यादेश प्राप्त भई अध्ययन भइरहेको जानकारी दिएका छन्। उनका अनुसार आवश्यक प्रक्रिया पूरा भएपछि मात्र अध्यादेश जारी हुनेछ।
यसअघि सरकारले आह्वान भइसकेको संसद् अधिवेशन अचानक स्थगन गरेको थियो। त्यसपछि विधेयक अघि बढाउने वैकल्पिक उपायका रूपमा अध्यादेशको बाटो रोजिएको हो।
सरकारको यो कदमलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। सहकारी क्षेत्र सुधार र संवैधानिक परिषद्सम्बन्धी व्यवस्थालाई टुंगोमा पुर्‍याउन अध्यादेश ल्याइएको सरकारको दाबी छ।

Leave a Comment