काठमाडौं, वैशाख १६ — ICC Cricket World Cup League 2 अन्तर्गत नेपालले आज ओमानसँग महत्वपूर्ण खेल खेल्दैछ। खेल बिहान ९:३० बजे त्रिवि क्रिकेट मैदान मा सुरु हुनेछ।
आठ टोली सहभागी प्रतियोगितामा नेपाल हाल पुछारबाट दोस्रो स्थानमा रहेकाले आजको खेल निकै महत्वपूर्ण मानिएको छ। शीर्ष चारमा स्थान बनाउन सके मात्र एकदिवसीय विश्वकपको ग्लोबल छनोट खेल्ने अवसर पाइने भएकाले नेपाल जित निकाल्ने दबाबमा छ।
नेपालले यसअघि पहिलो खेलमा संयुक्त अरब इमिरेट्सलाई पराजित गर्दै सकारात्मक सुरुवात गरिसकेको छ। घरेलु मैदानमा भइरहेको शृङ्खलाका बाँकी सबै खेल जितेर शीर्ष चारमा उक्लिने लक्ष्य नेपाली टोलीको छ।
हालसम्म नेपालले २१ खेलबाट १४ अंक जोडेको छ भने ओमानले २५ खेलबाट २९ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ।
नेपाल र ओमानबीच अहिलेसम्म आठ एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन्। तीमध्ये नेपालले तीन खेल जित्दा ओमानले चार खेल आफ्नो पक्षमा पारेको छ भने एक खेल नतिजाविहीन भएको थियो।
आजको खेलमा नेपालले जितको लय कायम राख्न सकेमा शीर्ष चारको दौड अझ रोमाञ्चक बन्ने देखिन्छ।
विश्वकप लिग–२ : आज नेपाल र ओमानबीच महत्वपूर्ण भिडन्त
Leave a Comment
Leave a Comment

