बारा, वैशाख १६ — कलैया उपमहानगरपालिका–१२ स्थित श्री नेरा आधारभूत विद्यालय, शीतलपुरमा विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम साह कानु, सदस्य नितेश कुशवाहा, प्रधानाध्यापक राजकिशोर सहनी तथा शिक्षकहरूको उपस्थितिमा कक्षा १ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण गरिएको हो।
नयाँ शैक्षिक सत्र सुरु भएसँगै समयमै पाठ्यपुस्तक उपलब्ध गराउँदा विद्यार्थीहरूको पठनपाठनमा सहजता हुने विश्वास गरिएको विद्यालय प्रशासनले जनाएको छ। कार्यक्रममा उपस्थित सरोकारवालाहरूले गुणस्तरीय शिक्षाका लागि आवश्यक शैक्षिक सामग्री समयमै उपलब्ध गराउनु महत्वपूर्ण भएको बताएका थिए।
शीतलपुर आधारभूत विद्यालयमा पाठ्यपुस्तक वितरण
Leave a Comment
Leave a Comment

