काठमाडौं, वैशाख २१ — इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आइतबार सम्पन्न खेलमा गुजरात टाइटन्सले पञ्जाब किङ्सलाई ४ विकेटले पराजित गरेको छ।
अहमदाबादमा भएको खेलमा १६४ रनको लक्ष्य पछ्याएको गुजरातले एक बल बाँकी रहँदै रोमाञ्चक जित हात पारेको हो।
पहिले ब्याटिङ गरेको पञ्जाबले खराब सुरुवात गर्दै ४७ रनमै ५ विकेट गुमाएको थियो। त्यसपछि मार्कस स्टोइनिस र सुर्यांशले पाली सम्हाल्ने प्रयास गरेका थिए। सुर्यांशले ५७ रन बनाउँदा स्टोइनिसले ४० रनको योगदान दिएका थिए।
जवाफी ब्याटिङमा गुजरातका मध्यक्रमका खेलाडी अपेक्षाअनुसार प्रदर्शन गर्न नसके पनि अन्तिम समयमा संयमित खेल देखाउँदै टोलीले जित निकाल्यो।
पराजयका बाबजुद पञ्जाब ९ खेलमा १३ अंकसहित तालिकाको शीर्ष स्थानमै यथावत रहेको छ। गुजरात भने १० खेलबाट १२ अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको छ।
कोलकताको जितको लय कायम
यसअघि भएको अर्को खेलमा कोलकता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको छ।
इडेन गार्डेनमा सम्पन्न खेलमा घरेलु टोली कोलकताले उत्कृष्ट प्रदर्शन गर्दै सहज जित हात पारेको हो। यो जितसँगै कोलकता ९ खेलमा ७ अंकसहित तालिकाको आठौं स्थानमा पुगेको छ।
पराजित हैदरावाद भने १० खेलबाट १२ अंकसहित तेस्रो स्थानमै कायम छ।
आजको खेल
आज मुम्बई इन्डियन्स र लखनऊ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।
गुजरातसँग हार्दा पनि पञ्जाब शीर्षमै, कोलकताको लगातार तेस्रो जित
Leave a Comment
Leave a Comment

