काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानले पठाएको प्रस्ताव अस्वीकार गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’मा प्रतिक्रिया दिँदै इरानबाट आएको प्रस्ताव पूर्ण रूपमा स्वीकार्य नभएको बताएका हुन्।
इरानले पाकिस्तानमार्फत अमेरिकासमक्ष युद्ध रोक्ने प्रस्ताव पठाएको थियो। उक्त प्रस्तावमा सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने, तेहरानमाथि लगाइएका प्रतिबन्ध हटाउनुपर्ने तथा इरानी तेलमाथिको नाकाबन्दी फुकुवा गर्नुपर्ने माग समेटिएको थियो।
तर अमेरिकाले इरानको आणविक कार्यक्रम र युरेनियम भण्डारणसम्बन्धी विषयमा स्पष्ट सहमति नभएसम्म प्रस्ताव स्वीकार गर्न नसकिने संकेत दिएको छ। अमेरिकी सञ्चारमाध्यम वाल स्ट्रिट जर्नलका अनुसार इरानले आणविक कार्यक्रम नियन्त्रणसम्बन्धी अमेरिकी माग मान्न अस्वीकार गरेको बताइएको छ।
यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानविरुद्धको अभियान अझै जारी रहेको बताएका छन्। उनले अमेरिका र इजरायलको मुख्य उद्देश्य इरानको आणविक कार्यक्रम अन्त्य गर्नु रहेको उल्लेख गरेका छन्।
इरानले आफ्नो प्रस्तावमा ३० दिनका लागि तेल प्रतिबन्ध हटाउन, इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी अन्त्य गर्न तथा तत्काल युद्धविराम लागू गर्न माग गरेको बताइएको छ।
युद्ध अन्त्यको इरानी प्रस्ताव डोनाल्ड ट्रम्पद्वारा अस्वीकार
Leave a Comment
Leave a Comment






