संसद्‌मा प्रधानमन्त्रीको व्यवहारबारे कांग्रेसको आपत्ति

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह संसद् बैठकबाट बाहिरिएको विषयमा जवाफ माग गरेको छ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेसकी प्रमुख सचेतक बासना थापाले उक्त घटनाबारे प्रधानमन्त्रीको स्पष्ट धारणा आउनुपर्ने बताइन्।
उनले राष्ट्रपतिबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री संसद् छाडेर बाहिरिनु लोकतान्त्रिक संसदीय अभ्यासअनुसार उपयुक्त नभएको टिप्पणी गरिन्।
संवैधानिक संस्कार, संसदीय परम्परा र सरकारको जिम्मेवारीप्रति गम्भीरता देखिनुपर्नेमा कांग्रेसको ध्यानाकर्षण भएको पनि थापाले बताइन्। यस्ता घटनाको पुनरावृत्ति हुन नहुने भन्दै उनले लोकतन्त्रमा मर्यादा र जनविश्वास सबैभन्दा महत्वपूर्ण हुने उल्लेख गरिन्।
कांग्रेसले प्रतिपक्षी दलको तर्फबाट प्रधानमन्त्री बालेन्द्र शाहसँग औपचारिक जवाफ दिन मागसमेत गरेको छ।

Leave a Comment