विपक्षीको अवरोधकाबीच प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम अनुमोदन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ : विपक्षी दलहरूको लगातार अवरोध र बहिष्कारकाबीच सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने माग राख्दै विपक्षी दलहरूले संसद् अवरुद्ध गरेका थिए । सभामुख डोलप्रसाद अर्याल ले सत्ता र प्रतिपक्षबीच सहमतिको प्रयास गरे पनि सहमति जुट्न सकेन ।
त्यसपछि प्रधानमन्त्री वालेन्द्र शाह का तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्ले लाई नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन समय दिइएको थियो ।
जवाफ प्रक्रिया सुरु भएपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ले बैठक बहिष्कार गरेका थिए भने नेपाली कांग्रेस ले भने विरोध जारी राखेको थियो ।
नीति तथा कार्यक्रममाथि दर्ता भएका ३५ वटा संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएपछि सरकारको प्रस्ताव अन्ततः पारित भएको हो । राष्ट्रपति रामचन्द्र पौडेल ले सोमबार संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रम बिहीबार प्रतिनिधिसभाबाट अनुमोदन गरिएको हो ।

Leave a Comment