काठमाडौं — इजरायल र लेबनानबीच ४५ दिनका लागि युद्धविराम गर्ने सहमति भएको छ।
अमेरिकाले वाशिंगटन डीसीमा दुई दिनसम्म भएको वार्तापछि दुवै पक्ष युद्धविराम लम्ब्याउन तयार भएको जनाएको हो।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटका अनुसार मे २९ देखि पेन्टागनमा इजरायल र लेबनानका सैन्य टोलीबीच सुरक्षा वार्ता सुरु हुनेछ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल १६ मा युद्धविराम घोषणा गरेका थिए। तर त्यसपछि पनि इजरायल र हेजबुल्लाहबीच सीमाक्षेत्रमा गोलाबारी जारी थियो।
हालै लेबनानको दक्षिणी क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु भएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ। घटनामा आठ बालबालिकासहित धेरै सर्वसाधारण प्रभावित भएका छन्।
इजरायल–लेबनानबीच ४५ दिने युद्धविराममा सहमति
Leave a Comment
Leave a Comment







