जंगली च्याउ खाँदा चितवनमा दुई बालबालिकाको मृत्यु, एक जनाको अवस्था गम्भीर

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

चितवन, जेठ ३ : चितवनको इच्छाकामना गाउँपालिकामा जंगली च्याउ सेवन गर्दा एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ भने अर्की एक बालिकाको अवस्था गम्भीर रहेको छ।
इच्छाकामना गाउँपालिका–१ कुलबाङका श्यामबहादुर चेपाङको परिवारले वैशाख २९ गते जंगलबाट ल्याएको च्याउ पकाएर खाएका थिए। त्यसपछि परिवारका सदस्यहरू बिरामी परेका थिए।
उपचारका लागि भरतपुर अस्पताल ल्याइएका ९ वर्षीया नमुना चेपाङको जेठ १ गते मृत्यु भएको थियो। त्यसपछि उपचाररत ११ वर्षीय सञ्जय चेपाङको पनि शनिबार राति निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार १३ वर्षीया मनिता चेपाङको अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था गम्भीर छ।
जंगली च्याउको विषाक्तताका कारण घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। प्रहरीले सर्वसाधारणलाई चिनेको र सुरक्षित च्याउ मात्र सेवन गर्न आग्रह गरेको छ।

Leave a Comment