आईपीएलको पहिलो क्वालिफायरमा आज बेंगलुरु र गुजरात भिड्दै

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत आज पहिलो क्वालिफायर खेलमा बैंग्लोर र गुजरातबीच रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ। धर्मशालामा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ।
रोयल च्यालेन्जर्स बैंग्लोर उत्कृष्ट लयमा रहेको टोलीका रूपमा मैदान उत्रँदैछ। लिग चरणका १४ खेलमध्ये ९ मा जित निकाल्दै बैंग्लोर १८ अंकसहित शीर्ष स्थानमा रह्यो। गुजरात टाइटन्सले पनि समान १८ अंक जोडेको भए पनि रनरेटका आधारमा दोस्रो स्थानमा सीमित भएको थियो।
आजको खेल जित्ने टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायरमार्फत उपाधि यात्रालाई निरन्तरता दिने अवसर पाउनेछ। त्यसैले दुवै टोलीका लागि यो खेल अत्यन्त महत्वपूर्ण मानिएको छ।
बैंग्लोर पहिलो पटक आईपीएल उपाधि जित्ने लक्ष्यमा रहेको छ भने गुजरात दोस्रो पटक च्याम्पियन बन्ने योजनामा मैदान उत्रँदैछ। विराट कोहली, शुभमन गिललगायत स्टार खेलाडीको प्रदर्शनमा समर्थकहरूको विशेष नजर रहनेछ।
यता बुधबार हुने इलिमिनेटर खेलमा राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद आमनेसामने हुनेछन्। इलिमिनेटरमा हार्ने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेताले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ।
आईपीएल २०२६ को फाइनल खेल आगामी आइतबार हुने तालिका छ

Leave a Comment