डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा स्थान सुरक्षित गरेको छ। क्वालिफायर–१ मा गुजरात टाइटन्सलाई एकतर्फी रूपमा ९२ रनले पराजित गर्दै बेंगलुरु लगातार दोस्रो पटक उपाधिनजिक पुगेको हो।
धर्मशालामा भएको खेलमा आरसीबीले प्रस्तुत गरेको विशाल २ सय ५५ रनको लक्ष्य पछ्याएको गुजरात १९ दशमलव ३ ओभरमै १ सय ६२ रनमा समेटियो। गुजरातका लागि राहुल तेवतियाले संघर्षपूर्ण ६८ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। आरसीबीका ज्याकोब डफीले प्रभावशाली बलिङ गर्दै तीन विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले पाँच विकेट गुमाएर २ सय ५४ रनको विशाल योगफल तयार पारेको थियो। कप्तान रजत पाटिदारले विस्फोटक ब्याटिङ गर्दै ३३ बलमै ९३ रन बनाए। विराट कोहली र क्रुनाल पान्ड्याले समान ४३–४३ रनको योगदान दिए।
रजत र क्रुनालबीच चौथो विकेटका लागि बनेको ९५ रनको आक्रामक साझेदारी खेलको टर्निङ प्वाइन्ट बन्यो। त्यसपछि गुजरात खेलमा फर्किनै सकेन।
अब आज हुने इलिमिनेटरमा सनराइज हैदरावाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेताले क्वालिफायर–२ मा गुजरातसँग खेल्नेछ र त्यसको विजेताले फाइनलमा आरसीबीसँग उपाधिका लागि भिड्नेछ।
गुजरातमाथि आरसीबीको दबदबा, लगातार दोस्रो पटक आईपीएल फाइनलमा प्रवेश
Leave a Comment
Leave a Comment






