पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
लगातार केही दिनदेखि रुघाखोकी र ज्वरोबाट पीडित रहेका प्रचण्डलाई शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो।
उनका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार प्रारम्भमा सामान्य स्वास्थ्य समस्या देखिए पनि पछि निमोनियाको संकेत देखिएपछि चिकित्सकको सल्लाहमा अस्पताल लगिएको हो।
‘केही दिनदेखि ज्वरो र रुघाखोकी थियो। स्वास्थ्यमा थप समस्या देखिन थालेपछि चिकित्सकले निगरानीमा राख्न सुझाव दिनुभयो,’ आचार्यले बताएका छन्।
स्वास्थ्य अवस्था कमजोर बनेपछि प्रचण्डले शुक्रबार आयोजित गणतन्त्र दिवसका कार्यक्रम तथा संघीय संसदमा बजेट प्रस्तुत हुने बैठकमा समेत सहभागिता जनाएका थिएनन्।
चिकित्सकहरूको निगरानीमा रहेका प्रचण्डको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ। नेता तथा कार्यकर्ताले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना
Leave a Comment
Leave a Comment






