रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधिमण्डलले भारत भ्रमणका क्रममा आजदेखि नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक भेटघाट सुरु गर्ने भएको छ।
भारतीय सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा सोमबार भारत पुगेका लामिछाने जेठ २२ गतेसम्म दिल्लीमा रहने कार्यक्रम छ।
नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई भाजपाका महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले ले स्वागत गरेका थिए।
रास्वपाका अनुसार आज हुने भेटवार्तामा दुई दलबीच संगठन सञ्चालन, लोकतान्त्रिक अभ्यास, जनतामुखी राजनीति तथा राजनीतिक अनुभव आदानप्रदानका विषयमा छलफल हुनेछ। भ्रमणका क्रममा लामिछानेले भाजपाका शीर्ष नेतासहित पार्टी अध्यक्ष नितिन नवीन सँग पनि भेट गर्ने कार्यक्रम रहेको छ।
रास्वपा प्रवक्ता मनिष झा का अनुसार भ्रमणले नेपाल–भारतबीच दलगत सम्बन्ध र राजनीतिक सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
भारत भ्रमणका क्रममा लामिछानेले त्यहाँ रहेका नेपाली समुदायसँग भेटघाट गर्नेछन् भने धार्मिक तथा सांस्कृतिक भ्रमणअन्तर्गत अयोध्या पनि जाने कार्यक्रम तय गरिएको छ।
लामिछाने नेतृत्वको टोलीमा उनकी पत्नी निकिता पौडेल, सांसद विपिनकुमार आचार्य, सांसद दीपक बोहरा तथा स्वकीय सचिव प्रदीप आचार्य सहभागी रहेका
दिल्लीमा रवि लामिछानेको सक्रिय राजनीतिक भेटघाट सुरु
Leave a Comment
Leave a Comment






