रवि लामिछाने र अमित शाहबीच भेटवार्ता, द्विपक्षीय सम्बन्धबारे छलफल

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भारत भ्रमणका क्रममा भेटवार्ता भएको छ।
भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विस्तृत छलफल भएको रास्वपाले जनाएको छ।
रास्वपाका अनुसार भेटवार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। छलफलका क्रममा नेपाल र भारतबीचको मित्रवत् सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा समेत कुराकानी भएको बताइएको छ।
रवि लामिछाने भारतीय जनता पार्टीका नेता नीतिन नवीनको निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा रहेका छन्। भ्रमण टोलीमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, प्रतिनिधिसभा सदस्य दीपक बोहरा तथा स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।

Leave a Comment