बारा, कलैया । कलैया उपमहानगरपालिका–१२ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई खेलकुदमा प्रोत्साहन गर्न अमिता अग्रवालले व्यक्तिगत खर्चमा खेलकुद सामग्री सहयोग गरेकी छन्।
कलैयाका दाता तथा समाजसेवी गोपाल अग्रवालकी छोरी अमिता अग्रवालले विद्यालयमा पुगेर विद्यार्थीका लागि आवश्यक खेलकुद सामग्री हस्तान्तरण गरेकी हुन्। विद्यार्थीको शारीरिक स्वास्थ्यसँगै खेलकुद प्रतिभा विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले सामग्री प्रदान गरिएको उनले बताइन्।
अग्रवालले खेलकुदले विद्यार्थीलाई स्वस्थ र अनुशासित बनाउन सहयोग गर्ने उल्लेख गर्दै अवसर पाए विद्यार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाएर देशको नामसमेत राख्न सक्ने विश्वास व्यक्त गरिन्।
अमिताका पिता गोपाल अग्रवालले पनि कलैयाका विभिन्न विद्यालय तथा सामाजिक क्षेत्रमा लामो समयदेखि सहयोग गर्दै आएका छन्। उनको परिवारबाट हुँदै आएको यस्तो सहयोगले स्थानीय शैक्षिक तथा सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव पार्दै आएको बताइएको छ।
खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल शिक्षक महासंघ बाराका अध्यक्ष तथा पूर्वप्रधानाध्यापक देवेन्द्र गिरी, विद्यालयका प्रधानाध्यापक राजकिशोर सहनी, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सहनीले सहयोगका लागि अमिता अग्रवाल तथा पूर्वप्रधानाध्यापक देवेन्द्र गिरीलाई सम्मान गरेका थिए। विद्यालय परिवारले विद्यार्थीको खेलकुद गतिविधिलाई प्रोत्साहन गर्न गरिएको सहयोगप्रति आभार व्यक्त गरेको छ।
विद्यार्थीको खेलकुद विकासका लागि अमिता अग्रवालको सहयोग
Leave a Comment
Leave a Comment

