इटहरी, जेठ २५ — ट्राफिक नियम उल्लंघन गरेको आरोपमा प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ)लाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सोमबार उनलाई सवारी चलाउने क्रममा लापरबाही गरेको निष्कर्षसहित जरिवाना तिराएको जनाएको छ। प्रहरीका अनुसार साम्पाङले गत जेठ २२ गते उदयपुरतर्फ जाँदै गर्दा सवारी चलाइरहेका बेला मोबाइल प्रयोग गर्दै भिडियो बनाएको देखिएको थियो।
सार्वजनिक रूपमा आएको भिडियोको आधारमा अनुसन्धान अघि बढाइएको र ट्राफिक नियमविपरीत कार्य गरेको पुष्टि भएपछि कानुनअनुसार कारबाही गरिएको कार्यालयले जनाएको छ।
ट्राफिक प्रहरीले सवारी चालकलाई गाडी चलाउँदा मोबाइल फोन प्रयोग नगर्न र सडक सुरक्षाका नियमहरू कडाइका साथ पालना गर्न आग्रह गरेको छ। अधिकारीहरूका अनुसार यस्ता गतिविधिले चालक मात्र होइन, सडकका अन्य प्रयोगकर्ताको सुरक्षामा समेत जोखिम बढाउने गर्छ।
मोबाइलमा भिडियो खिच्दै गाडी चलाउँदा हर्क साम्पाङ कारबाहीमा
Leave a Comment
Leave a Comment






