कडा प्रतिस्पर्धापछि रास्वपा बागमतीको नेतृत्व उत्सव अर्याललाई

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, जेठ ३१ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन्। अत्यन्त प्रतिस्पर्धात्मक निर्वाचनमा उनले निवर्तमान सभापति डा. अच्युत लामिछानेलाई झिनो मतान्तरले पराजित गरेका हुन्।
निर्वाचन परिणामअनुसार अर्यालले ४१६ मत प्राप्त गर्दा डा. लामिछानेले ४१४ मत पाए। केवल दुई मतको अन्तरले भएको जितले बागमती प्रदेशको नेतृत्व प्रतिस्पर्धा निकै रोचक बनेको देखाएको छ।
अर्याल यसअघि प्रदेश समितिको प्रवक्ताको जिम्मेवारीमा थिए। सभापति पदका लागि डा. लामिछाने र अर्यालसँगै हरिबहादुर खत्री तथा कृष्णमान श्रेष्ठ पनि मैदानमा थिए।
बागमती प्रदेश अधिवेशन जेठ २६ गते हेटौँडामा सुरु भएको थियो। नेतृत्व चयनका लागि सहमतिको प्रयास भए पनि सफल हुन नसकेपछि निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिएको हो।
निर्वाचन प्रक्रिया शनिबार काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा सम्पन्न भएको थियो। नयाँ नेतृत्व चयनसँगै बागमती प्रदेशमा पार्टी संगठन विस्तार र आगामी राजनीतिक गतिविधिलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ।

Leave a Comment