ट्रम्पको चेतावनी– इरानले परमाणुस्थल निरीक्षण गर्न नदिए वार्ता रद्द हुने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरान लाई कडा चेतावनी दिँदै परमाणु स्थलहरूको अन्तर्राष्ट्रिय निरीक्षण अनुमति नदिए इरानसँगको वार्ता रद्द गर्ने बताएका छन्।
पेन्सिलभेनियामा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानले पहिले भएको सहमति अनुसार परमाणु स्थलहरूको निरीक्षण गर्न दिनुपर्ने बताएका हुन्। उनले भने, “यदि उनीहरू यो विषयबाट पछि हटे भने म तुरुन्तै वार्ता रद्द गरिदिन्छु।”
समाचार अनुसार, हालै भएको अमेरिका–इरान वार्तामा इरानले अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) का निरीक्षकहरूलाई आफ्नो परमाणु स्थलमा प्रवेश गर्न दिने सहमति गरेको दाबी गरिएको छ।
यसैगरी, प्रारम्भिक समझदारीअनुसार इरानको तेल बिक्रीमा लगाइएको प्रतिबन्ध ६० दिनका लागि अस्थायी रूपमा हटाउने र करिब १२ अर्ब डलर बराबरको कोष फुकुवा गर्ने विषयमा पनि सहमति भएको जनाइएको छ।
यसबीच, स्थायी युद्धविराम र परमाणु कार्यक्रमसम्बन्धी थप वार्ताहरू अघि बढाउने सहमति भएको बताइएको छ। तर निरीक्षण प्रक्रियामा ढिलाइ वा असहमति भए वार्ता प्रभावित हुन सक्ने अमेरिकी पक्षको भनाइ छ।

Leave a Comment