ब्राह्मण समाज नेपाल, जिल्ला शाखा बाराले यस वर्षको बडादशैंअन्तर्गत गरिने विभिन्न धार्मिक अनुष्ठान तथा पूजा विधिको मिति सार्वजनिक गरेको छ।
समाजका अध्यक्ष अनिलकुमार पाण्डेयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार वैदिक, ज्योतिष तथा शास्त्रीय मान्यताअनुसार दशैंका विभिन्न पर्व तथा पूजाका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
विज्ञप्तिमा उल्लेख भएअनुसार घटस्थापना असोज २५ गते आइतबार परेको छ। त्यसैगरी बिल्वाभ्यंग निमन्त्रणाको कार्यक्रम असोज ३० गते, फूलपाती तथा नवपत्रिका प्रवेश असोज ३१ गते शनिबार हुने उल्लेख छ।
यस्तै, महाअष्टमीको निशा पूजा असोज १ गते तथा महानवमीको कन्या पूजन तथा हवन असोज २ गते गर्ने कार्यक्रम रहेको जनाइएको छ। विजयादशमीको अवसरमा टीका ग्रहण गर्ने कार्यक्रम असोज ३ गते रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
ब्राह्मण समाज नेपाल बाराले वैदिक तथा शास्त्रीय विधिअनुसार पर्व मनाउन सम्बन्धित सबैमा आग्रह गरेको छ
बारामा दशैंका प्रमुख धार्मिक अनुष्ठानको मिति सार्वजनिक
Leave a Comment
Leave a Comment

