विराटनगर । नेपाली कांग्रेसका नेता अभिषेक गिरीलाई प्रहरीले आफ्नै घरबाट पक्राउ गरेको छ। शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगर–१० स्थित गिरीको निवासमा पुगेर उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा खानतलासी गरिएको थियो। खानतलासीका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डीएसपी महेन्द्रकुमार मिश्रले जानकारी दिए।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। गिरी यसअघि अपहरणसम्बन्धी मुद्दामा कैद सजाय भुक्तान गरेर बाहिरिएपछि कांग्रेसको राजनीतिमा सक्रिय हुँदै आएका थिए।
कांग्रेस नेता अभिषेक गिरी आफ्नै निवासबाट पक्राउ
Leave a Comment
Leave a Comment






