आर्थिक विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 0 मिनेट

काठमाडौँ । प्रतिनिधिसभाले आर्थिक विधेयक, २०८३ पारित गरेको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयक पारित गर्न राखेको प्रस्ताव बहुमतले स्वीकृत गरेको हो।
सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ प्रस्तुत गरेपछि विधेयक पारित भएको घोषणा गरेका थिए। पारित भएको यो विधेयक आगामी साउनदेखि कार्यान्वयनमा आउनेछ।
सरकारले आर्थिक वर्षसँग सम्बन्धित कर तथा आर्थिक व्यवस्थाहरू समेटिएको उक्त विधेयक संसद्मा प्रस्तुत गरेको थियो।

Leave a Comment