पेनाल्टीमा जर्मनीलाई हराउँदै पाराग्वे विश्वकपको अन्तिम १६ मा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं । चार पटकको विश्वविजेता जर्मनीलाई स्तब्ध पार्दै पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।

निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समयसम्म खेल १–१ गोलको बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा पाराग्वेले जर्मनीलाई ४–३ ले पराजित गर्‍यो।

प्रशिक्षक गुस्ताभो अल्फारोको टोली पाराग्वेले बलियो जर्मनीविरुद्ध अनुशासित रक्षात्मक खेल प्रदर्शन गर्‍यो। खेलमा जर्मनीले बलमाथि बढी नियन्त्रण राखे पनि पाराग्वेको बलियो डिफेन्स तोड्न सकेन।

खेलको पहिलो हाफको अन्त्यतिर पाराग्वेले अग्रता लिएको थियो। कर्नरबाट आएको बललाई जर्मनीका गोलरक्षक मानुएल नोयरले बाहिर पठाए पनि पुनः तयार पारिएको क्रसमा जुलियो एन्सिसोले हेडमार्फत गोल गर्दै पाराग्वेलाई अगाडि राखे।

दोस्रो हाफमा जर्मनी आक्रामक रूपमा फर्कियो। फ्लोरियन विर्ट्जको क्रसमा काइ हाभर्ट्जले हेडमार्फत ५४औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।

त्यसपछि जर्मनीले लगातार आक्रमण गरे पनि पाराग्वेको रक्षापंक्तिले थप गोल हुन दिएन। अतिरिक्त समयमा जोनाथन टाहले गरेको गोललाई समेत फाउलका कारण मान्यता दिइएन।

पेनाल्टी सुटआउटमा जर्मनीको सुरुवात नै खराब रह्यो। काइ हाभर्ट्जको प्रहार पाराग्वेका गोलरक्षक ओर्लान्डो गिलले उत्कृष्ट बचाउ गरे। अन्ततः पाराग्वेका होसे कानालेसले निर्णायक पेनाल्टी गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए।

यो जितसँगै पाराग्वेले अब अन्तिम १६ मा फ्रान्स र स्वीडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

Leave a Comment