सामुदायिक विद्यालयका प्रधानाध्यापकको भत्ता वृद्धि, अब १ हजारदेखि ३ हजार रुपैयाँसम्म

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, असार २४ — सरकारले सामुदायिक विद्यालयका प्रधानाध्यापकले पाउने मासिक भत्ता बढाएको छ। मन्त्रिपरिषद्बाट स्वीकृत शिक्षा नियमावली (दशौँ संशोधन), २०८३ अनुसार अब प्रधानाध्यापकहरूले विद्यालयको तहअनुसार मासिक १ हजारदेखि ३ हजार रुपैयाँसम्म भत्ता पाउने भएका छन्।
नयाँ व्यवस्थाअनुसार माध्यमिक विद्यालयका प्रधानाध्यापकले अब मासिक ३ हजार रुपैयाँ भत्ता पाउनेछन्। यसअघि उनीहरूले ५ सय रुपैयाँ मात्र पाउँदै आएका थिए।
त्यसैगरी, निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापकको मासिक भत्ता ३ सय रुपैयाँबाट बढाएर २ हजार रुपैयाँ कायम गरिएको छ।
प्राथमिक विद्यालयका प्रधानाध्यापकले यसअघि पाउँदै आएको २ सय रुपैयाँ भत्तालाई वृद्धि गरी अब १ हजार रुपैयाँ मासिक पाउनेछन्।
सरकारले प्रधानाध्यापकको जिम्मेवारी, नेतृत्वदायी भूमिका तथा विद्यालय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले भत्ता वृद्धि गरिएको जनाएको छ। नयाँ व्यवस्था शिक्षा नियमावली (दशौँ संशोधन), २०८३ लागू भएसँगै कार्यान्वयनमा आउनेछ।

Leave a Comment