कलैया, बारा — शिक्षक सेवा आयोगको परीक्षाको तयारी गरिरहेका अभ्यर्थीलाई लक्षित गर्दै बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय परिसरमा शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालनमा आएको छ।
लामो समय शिक्षण क्षेत्रमा योगदान पुर्याएका विद्यालयका पूर्व प्रधानाध्यापक रामबाबु प्रसाद कुशवाहाको नेतृत्वमा सञ्चालन गरिएको उक्त कक्षाले शिक्षक बन्ने लक्ष्य बोकेका युवालाई गुणस्तरीय र व्यवस्थित तयारीको अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।
सञ्चालक कुशवाहाका अनुसार कक्षामा अध्यापन अनुमति पत्र (आधारभूत र माध्यमिक) तथा शिक्षक सेवा आयोगको प्रथम र द्वितीय पत्र सम्बन्धी सम्पूर्ण पाठ्यवस्तु अनुभवी प्रशिक्षकमार्फत अध्यापन गराइनेछ। परीक्षामुखी अभ्यास, नमुना प्रश्नको समाधान र प्रभावकारी तयारी विधिमा समेत विशेष जोड दिइने बताइएको छ।
स्थानीय स्तरमै यस्तो तयारी कक्षा सञ्चालन भएपछि बारा मात्र नभई आसपासका जिल्लाका अभ्यर्थीलाई समेत काठमाडौं वा अन्य शहर धाउनुपर्ने बाध्यता कम हुने विश्वास लिइएको छ। अनुभवी शिक्षाविद् रामबाबु प्रसाद कुशवाहाको मार्गदर्शनले अभ्यर्थीलाई शिक्षक सेवा आयोगको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कक्षामा सहभागी हुन इच्छुक अभ्यर्थीहरूले श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, कलैया–१०, मटिअर्वामा सम्पर्क गरी थप जानकारी लिन सक्ने आयोजकले जनाएको छ।
मटिअर्वामा शिक्षक सेवा आयोग तयारी कक्षा सुरु, पूर्व प्रधानाध्यापक रामबाबु कुशवाहाको नेतृत्व
Leave a Comment
Leave a Comment

