काठमाडौं, साउन ७ — आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज आयोजक नेदरल्यान्ड्ससँग महत्त्वपूर्ण खेल खेल्दैछ। युट्रेचस्थित स्पोर्ट्सपार्क मार्सचल्करवेर्ड मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।
नामिबियासँग पहिलो खेलमा ८ विकेटको हार बेहोरेको नेपाल आजको खेल जितेर सिरिजमा पुनरागमन गर्ने योजनामा छ। शीर्ष चारमा रहेर विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः स्थान बनाउन बाँकी खेलमा जित निकाल्नु नेपालका लागि अत्यन्तै महत्त्वपूर्ण बनेको छ।
हाल नेपाल २८ खेलबाट २४ अंकसहित पाँचौँ स्थानमा छ। नेदरल्यान्ड्स समान खेलबाट ३२ अंकसहित तेस्रो स्थानमा छ भने नामिबिया २४ अंकका साथ सातौँ स्थानमा रहेको छ।
नेपालले यस सिरिजमा साउन ११ गते नामिबियासँग र साउन १३ गते पुनः नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। शीर्ष ६ भित्र रहन सके नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता भने कायम राख्नेछ।
नेदरल्यान्ड्सविरुद्ध आज नेपालको कठिन परीक्षा, जित्दै पुनरागमन गर्ने लक्ष्य
Leave a Comment
Leave a Comment

