नेपाल फाइनलमा, ओमानमाथि ८७ रनको शानदार जित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, भदौ २५ । नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै एसीसी प्रिमियर कपको फाइनलमा स्थान सुरक्षित गरेको छ।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमानको टोली २८.१ ओभरमा ६० रनमै अलआउट भएपछि नेपालले शानदार जित हात पारेको हो।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले महत्वपूर्ण भूमिका निर्वाह गरे। उनले ब्याटिङतर्फ ५१ रनको योगदान दिए भने बलिङमा तीन विकेट लिए। उनको प्रभावशाली अलराउन्ड प्रदर्शनका कारण

ओमानको ब्याटिङ क्रम सम्हालिन सकेन।
अब नेपालले उपाधिका लागि शनिबार यूएईसँग प्रतिस्पर्धा गर्नेछ। फाइनलमा विजयी हुने टोलीले एसिया कपमा स्थान बनाउनेछ।

Leave a Comment