एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि, मंसिर ५ सम्म प्रतिस्पर्धा हुने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आगामी कात्तिक दोस्रो साताबाट सञ्चालन हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले शनिबार प्रेस विज्ञप्तिमार्फत प्रतियोगिताको मिति सार्वजनिक गरेका हुन्।
क्यानका अनुसार एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म आयोजना हुनेछ। यो मिति अंग्रेजी पात्रोअनुसार अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म पर्छ।
तेस्रो संस्करणमा पनि आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा सहभागी हुने सबै आठ टोलीले नेपाली खेलाडीलाई आफ्नो टोलीमा अनुबन्ध गरिसकेका छन्।
अब टोलीहरूको ध्यान विदेशी खेलाडी अनुबन्धनतर्फ केन्द्रित भएको छ। केही फ्रेन्चाइज टोलीले विदेशी खेलाडी भित्र्याउने प्रक्रिया अघि बढाइरहेका छन्।
एनपीएलको तेस्रो संस्करणका लागि क्यानले प्रतियोगिताको मिति सार्वजनिक गरेसँगै सहभागी टोलीहरूको तयारी पनि थप तीव्र हुने अपेक्षा गरिएको छ।

Leave a Comment