महाधिवेशनमा आफूलाई हराएर देखाउन गगन थापाको देउवा समूहलाई चुनौती

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अपेक्षाअनुसार मत प्राप्त गर्न नसक्नुमा आफ्नो नेतृत्व र व्यक्तित्वलाई कारण देखाउनेहरूलाई आगामी महाधिवेशनमा आफूलाई पराजित गरेर देखाउन चुनौती दिएका छन्।

सोमबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले आफ्नो अनुहारकै कारण कांग्रेसले मत पाउन नसकेको निष्कर्ष हो भने आफूविरुद्ध अर्को उम्मेदवार खडा गर्न असन्तुष्ट पक्षलाई आग्रह गरे।
उनले विशेष महाधिवेशनमार्फत लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व परिवर्तन गर्नसमेत असन्तुष्ट पक्षलाई चुनौती दिए। पार्टीको नेतृत्व परिवर्तन गर्न चाहनेहरूले विधि र प्रक्रियाअनुसार अघि बढ्नुपर्ने उनको भनाइ थियो।
थापाले पार्टीको आगामी अधिवेशनलाई समावेशी, न्यायपूर्ण र निष्पक्ष बनाउन आफू जुनसुकै शर्त र प्रक्रियामा छलफल गर्न तयार रहेको स्पष्ट पारे।
उनको यो अभिव्यक्तिलाई कांग्रेसभित्र नेतृत्व परिवर्तनको माग गर्दै आएको समूहप्रति लक्षित कडा राजनीतिक चुनौतीका रूपमा हेरिएको छ।

Leave a Comment