१३ चैत-शुक्रबार सामाजिक सञ्जालमार्फत उनले बधाई दिँदै बालेनको नियुक्ति नेपाली जनताले राखेको विश्वासको प्रतिविम्ब भएको बताएका छन्। साथै, उनले नेपाल–भारत सम्बन्धलाई अझ मजबुत बनाउन मिलेर काम गर्न आफू उत्सुक रहेको उल्लेख गरेका छन्।
मोदीले विशेषगरी दुई देशबीचको मित्रता, सहकार्य र पारस्परिक हितलाई अझ उचाइमा पुर्याउने लक्ष्यका साथ सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन्।

