काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार दिउँसो मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
प्रधानमन्त्री शाहले सरकारका पछिल्ला कामकारबाही र समसामयिक विषयमा छलफल गर्न बैठक आह्वान गरेका हुन्।
बैठकमा मन्त्रालयगत विषय तथा सरकारका नियमित निर्णय प्रक्रियासँग सम्बन्धित प्रस्तावमाथि छलफल हुने बताइएको छ। यद्यपि, बैठकका लागि तय गरिएका एजेन्डाबारे सचिवालयले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।
मन्त्रिपरिषद् बैठकबाट विभिन्न प्रशासनिक तथा नीतिगत विषयमा निर्णय हुन सक्ने अपेक्षा गरिएको छ।

