नेपाल प्रहरी विशेष सुरक्षा गणमा दुर्गा मन्दिरको उदघाटन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

मिथिला नगरपालिका–९, लालगढ स्थित माता दुर्गा भगवती मन्दिरको उदघाटन गरिएको छ । नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केवरको प्रहरी उपरीक्षक भुवनेश्वर प्रसाद साहद्वारा दुर्गा मन्दिरको उदघाटन गरिएको हो ।

प्रहरी कर्मचारी लगायत स्थानीयको सहभागीतामा कलश यात्रा सहित प्राण–प्रतिष्ठा पूजा सम्पन्न गरी विधिवत् रूपमा मन्दिरको उद्घाटन गरिएको प्रहरी उपरीक्षकले बताए ।

पवित्र धार्मिक तथा पुण्य कार्यमा मन्दिर निर्माणका लागि सहयोग, समर्पण तथा योगदान गर्नु हुने सम्पूर्ण सहयोगी दाताहरूलाई प्रहरी उपरीक्षक साहले धन्यवाद व्यक्त गरेका थिए ।

साथै प्राण–प्रतिष्ठा पूजा एवं विधिवत् उद्घाटन समारोहमा सहभागी हुनु भएका प्रमुख अतिथि, विशेष अतिथि, अतिथि, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, भक्तजनहरु प्रति हार्दिक आभार, कृतज्ञता तथा धन्यवाद उनले व्यक्त गरेका थिए ।

मन्दिर निर्माण हेतु सहयोग, सद्भाव, सहभागिता र समर्पण प्रति सधैँ आभारी रहने साहले बताए । माता दुर्गा भगवतीको कृपा एवं आशीर्वाद सदैव सबैमा रहोस, ‘समाजमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र धार्मिक सहिष्णुता कायम रहोस’ भन्ने हार्दिक कामना समेत प्रहरी उपरीक्षक साहले गरेका थिए ।

प्रहरी उपरीक्षक साहले २०८२ मंसिर १८ गते आफैले शिलान्यास गरेको दुर्गा मन्दिरलाई आफ्नो लगनशिलताले आफ्नै कार्यकालमा उदघाटन गर्न समेत सफल भएका छन ।

स्थानिय ७० वर्षीय बुनिमैयाका अनुसार प्रहरी उपरीक्षक साहको स्थानीयसंगको लगावले कहिले पनि पदको घमन्ड नरहेको महसुस भएको बताईन । उनको व्यवहारले नै सबैले मन्दिर निर्माणमा हातेमालो गरेको सुनाईन । अहिलेको परिवेशमा समाजलाई यस्तै अधिकृत आवश्यक रहेको बताईन ।

Leave a Comment