प्रधानमन्त्री कार्कीको आह्वान : “मतदाता नामावलीमा नाम दर्ता गर्न नबिर्सौं”

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२१ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनलाई लक्षित गर्दै नागरिकहरूलाई मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरेकी छन्।

नाम दर्ता गर्न तोकिएको म्याद अब नौ दिन मात्र बाँकी रहेको उल्लेख गर्दै उनले आफ्नो एक्स (पूर्व ट्विटर) अकाउन्टमार्फत नागरिकहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले लेखेकी छन्, “तपाईंको मत नै तपाईंको आवाज हो। मतदाता परिचयपत्र दर्ता गर्न अब मात्र ९ दिन बाँकी।”

निर्वाचन आयोगले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको तयारी स्वरूप कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराउने कार्यतालिका निर्धारण गरेको छ।

आयोगले आवश्यक कागजातसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय वा तोकिएका स्थानहरूमा गएर दर्ता गर्न सकिने जनाएको छ।

Leave a Comment