ब्रहमकुमारी राजयोग केन्द्र कलैयाद्वारा रक्तदानको आयोजना गरिएको छ ।
संस्थाकी पूर्व मुख्य प्रशासिका डा. दादी प्रकाशमणिको १९ औं पुण्य स्मृति दिवसको अवसरमा रक्तदानको आयोजना गरिएको थियो ।
ब्रह्माकुमारीज समाज सेवा प्रभाग कलैयाद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६४ पिन्ट रगत संकन भएको संचालीका मिना दिदीले जानकारी गराईन । डा. दादी प्रकाशमणिको पुण्य स्मृति दिवसको अवसरमा रक्तदान, विभिन्न विधालय, कलेजमा योग ध्यान लगायतको कार्यक्रम गरि मनाउने गरेको उनले जानकारी गराईन ।
रक्तदान कार्यक्रम ब्रहमकुमारी राजयोग सेवा केन्द्र कलैयाका सञ्चालिका मिना दिदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका उप प्रमुख रौशन परवीन तथा गोपाल सेवा समितिका अध्यक्ष जंबहादुर यादव, रक्तसञ्चार कलैयाका प्रमुख राजाबाबु गुप्ता लगायतको सहभागिता रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा श्री दुर्गा नमुना मा. वि. बरेवा र श्री ३ चन्द्र मा. वि. कलैयाको विशेष सहयोगमा रक्तदान कार्यक्रम भव्य र सभ्य रुपले सम्पन्न भएको छ ।

