सप्तरीमा २० क्विन्टल गाँजासहित दुई जना पक्राउ

पढ्न लाग्ने समय : 1 मिनेट

सप्तरी, असोज ४ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

नियमित गस्तीमा खटिएको प्रहरी टोलीले भोला सदा र मङ्गल मुखियाको घरमा तलासी गर्दा करिब २० क्विन्टल गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रहरीका अनुसार सदाको घरबाट ५६ पोका र मुखियाको घरबाट आठ पोका गरी जम्मा ६४ पोका गाँजा बरामद भएको हो।
गाँजासहित पक्राउ परेका दुवै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

Leave a Comment