रास्वपाका दुई सांसद मन्त्रीमा, उद्योग र श्रम मन्त्रालयमा नयाँ नेतृत्व

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२७ चैत २०८२, शुक्रबार,काठमाडौं-सरकारले उद्योग तथा श्रम मन्त्रालयमा नयाँ नेतृत्व नियुक्त गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव नियुक्त भएकी छन् भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी रामजी यादवले पाएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार दुवै जनालाई मन्त्री पदमा नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

दुवै नवनियुक्त मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन्।

उनीहरूको पद तथा गोपनीयताको शपथ आजै राष्ट्रपति भवनमा हुने कार्यक्रम रहेको छ।

Leave a Comment