काठमाडौं, कात्तिक २६। नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका छन्।
६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकलाई कानुनले दिएको कैद छुट सुविधाअन्तर्गत उनी जेलमुक्त भएका हुन्।
कानुनी व्यवस्थाअनुसार ६५ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकले कैद सजायमा २५ प्रतिशत छुट पाउने प्रावधान छ। सोही व्यवस्थाअनुसार रायमाझीको कैद सजायमा छुट दिइएको हो।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा
उनलाई २०८० वैशाख २० गते पक्राउ गरिएको थियो। उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते उनलाई चार वर्ष कैद सजाय सुनाएको थियो।
अदालतको फैसलाअनुसार कारागारमा सजाय भोगिरहेका रायमाझी ज्येष्ठ नागरिकसम्बन्धी कानुनी सुविधाको लाभ लिएर रिहा भएका हुन्।

