आगलागीबाट करिब दुई लाखको क्षति

बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट

१२ बैशाख,बारा: बाराको देवताल गाउपालिका वडा नम्बर-७ बेनौली चौकमा गएराति आगलागी हुँदा तीनवटा पसल जलेर नष्ट भएका छन ।
आगलागीबाट दुई लाख १३ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
गएराति देवताल गाउपालिका वडा नम्बर-७ बेनौली चौक स्थित बिनोद साहको घर र घुम्ती पसल भाडामा लिई बस्ने ललन महतोले संचालन नास्ता पसलमा अचानक आगलागी भएको भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट महतोको नास्ता पसलमा रहेको ग्यास सिलिन्डर २ थान,ग्यास चुलो २ थान,२ कार्टुन अण्डा,बेन्च र टेवल सिलिङ फ्यान,चिउरा भुजा गरी एक लाख ४८ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाए छ।
उक्त आगलागीमा महागढीमाई नगर पालिका-७ बेनौली बस्ने जमुन ठाकुरको सैलुन पूर्ण रुपमा जलेर ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ। सोही ठाउँमा बस्ने भोज मियाको मासु पसलको छाप्रो र बिभिन्न सामानहरु गरी ३५ हजार बराबरकोे क्षति भएको छ ।

अस्थायी प्रहरी पोष्ट बेनौली बाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरीहरुको टोली दमकल,प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Leave a Comment