सागर बिश्वकर्मा
१९ बैशाख, बारा: बारा नागरिक समाज विघटन भएको छ ।
नागरिक समाजका अध्यक्ष उमेशलाल दासले आज एक बिज्ञप्ति जारी गर्दै जिल्ला कार्य समिती बिघटन गरेका छन् ।
समाजका अध्यक्ष दासले आज जारी गरेको बिज्ञप्तीमा बारा नागरिक समाज नागरिकको पक्षमा रही न्यायका लागि लडी रहने सस्थाको रुपमा जिल्लामा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको र सस्थाले सदैव शिक्षा, स्वास्थ्य, स्वच्छ वातावरण लगायत संबिधानले प्रद्धत गरेका सबै खाले नागरिकको मौलिक अधिकारको ग्यारेन्टीका लागि वकालत र पैरवी गर्दै आएको उल्लेख गरेका छन् ।
त्यसैगरी नागरिकहरुको जनजिवीकाका सवालहरु उठाउदै अगाडी यात्रा तय गर्दा समेत नागरिकको पिडा र समस्याको समाधान कार्यन्वयन गराउन अप्ठयारोको सामना गर्नु परेको बिज्ञप्ती मार्फत जानकारी गराईएको छ ।
चाडै नै समाजमा प्रबुद्ध ब्यतिmहरुलाई समेटेर पुनः जिल्ला कार्यसमितीको बिस्तार गर्ने समेत बिज्ञप्तीमा जनाईएको छ ।

