१८ मंसिर ,काठमाडौं — काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई हराउन १६६ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ उतरेको काठमाण्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६५ रन जोड्यो।
काठमाण्डुको इनिङ्समा बेन चार्ल्सले सर्वाधिक ६४ रन योगदान दिए भने भीम सार्कीले २३ बलमा धमाकेदार ५५ रन प्रहार गर्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्याए।
अन्य खेलाडीले ठूलो योगदान दिन सकेनन्। मिलिन्द कुमारले १३ रन, जोन सिम्पसनले २, मोहम्मद आदिल अन्सारी र रसिद खानले समान ७/७ रन थपे। करण केसी ४ रनमा आउट हुँदा आकाश त्रिपाठी खाता नखोली फर्किए।
बलिङतर्फ पोखराका धन्नजय लक्षणले ४ विकेट, कुशल भूर्तेलले २ विकेट, भने बिपिन खत्री र किरण ठगुन्नाले समान १/१ विकेट लिए।

