१९ मंसिर, कलैया — बिश्वास एफएमका प्रबन्ध निर्देशक तथा नेपाल पत्रकार महासंघ मधेस प्रदेश कार्यसमिति सदस्य सजीर मन्सुरकी आमा स्व. सनकेशा खातुनको असमयिक निधनप्रति नेपाल पत्रकार महासंघ बाराले गहिरो शोक व्यक्त गरेको छ।
महासंघ बारा अध्यक्ष रमेश सुवेदीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै मन्सुर परिवारमा परेको मातृशोकले पत्रकारिता क्षेत्र तथा समाज नै दुःखित भएको उल्लेख गरेका छन्।
सुवेदीद्वारा व्यक्त श्रद्धाञ्जलीमा स्व. खातुनले ८५ वर्षको प्रेरणादायी र अनुकरणीय जीवन यात्रा पूरा गरी परिवार तथा समाजलाई माया, संस्कार र अनुशासनको अमूल्य धरोहर छोेँडेर विदा भएको उल्लेख गरिएको छ।
दमको रोगसँग लामो समयसम्म जुधिरहेकी खातुनले परिवार, समाज तथा छिमेकीहरूप्रति देखाएको सद्भाव, ममता र मार्गदर्शन सधैँ स्मरणीय रहने सुवेदीले उल्लेख गरेका छन्।
“मन्सुर परिवारमा परेको यो अपूरणीय क्षतिले हामीलाई गहिरो पीडा पुगेको छ। यो कठिन घडी सहन गर्ने शक्ति भगवान्ले प्रदान गरून्,” सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन्।
नेपाल पत्रकार महासंघ बारा तथा सम्पूर्ण पत्रकार परिवारले स्व. सनकेशा खातुनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्।
नेपाली काग्रेस बाराका सचीव राजेश रौनियार ,जिल्ला सदस्य प्रीयका दासले पार्थिव शरीर माथी नेपाली काग्रेसको झण्डा आढाएर अन्तिम बिदाइ गर्नु भएको थियो।

