तर दलविरोधी होइनौँ’-प्र.म.कार्की

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

तर दलविरोधी होइनौँ’-दल बिरोधि होइन

१९ मंसिर, काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले देशको वर्तमान परिस्थितिमा अब निर्वाचन हुन्छ कि हुँदैन भन्ने द्विविधा त्यागेर चुनाव सफल बनाउन सबै दल एकताबद्ध हुनुपर्ने बताएकी छिन्।

शुक्रबार बालुवाटारमा बसेको सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीले सरकारको मूल लक्ष्य आगामी निर्वाचन सम्पन्न गर्नु नै भएको बताउँदै, राजनीतिक दलहरूले एउटै धारणा बनाउने हो भने चुनावमा कुनै प्रकारको अवरोध नआउने स्पष्ट पारिन्।

प्रधानमन्त्री कार्कीले भनिन्,
‘चुनाव हुन्छ कि हुँदैन भन्ने सोच अब छोडौँ। कसरी सफल बनाउने भन्नेमा केन्द्रित होऊँ। १२६ वटै दल एकमत भए कसैले निर्वाचनमा खलल पार्न सक्दैन, खराब तत्वले आक्रमण गर्न सक्दैन ।’

उनका अनुसार सुरक्षा व्यवस्थापनमा राज्यका संरचना मात्र होइन, नागरिक स्वयं पनि पहिलो कडी हुन्।
‘जनतै पहिलो सुरक्षा घेरा हुन्। त्यसपछि प्रहरी, सशस्त्र, सेना र भूतपूर्व सुरक्षाकर्मी छन्,’ उनले भनिन्।

प्रधानमन्त्री कार्कीले आफ्नो राजनीतिक यात्रा जेनजी आन्दोलनबाट सुरु भए पनि आफू र आफ्नो नेतृत्वको सरकार दलविरोधी कहिल्यै नभएको स्पष्ट पारिन्।
‘हामी जेनजी आन्दोलनबाट आएका हौँ, तर दल विरोधी होइनौँ,’ प्रधानमन्त्रीको भनाइ थियो।

Leave a Comment