एमालेको ११औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२ पुस ,काठमाडौँ — नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत पार्टीको नयाँ नेतृत्व चयन गर्न आज (बुधबार) मतदान हुँदैछ। पटक–पटक सरेको निर्वाचन प्रक्रिया आज बिहान ८ बजेदेखि सुरु गर्ने तयारी पूरा भएको एमाले नेताहरूले जनाएका छन्।

काठमाडौँको भृकुटीमण्डपमा जारी महाधिवेशनस्थलमै विद्युतीय भोटिङ मेसिन प्रयोग गरी मतदान गरिनेछ। मतदान प्रक्रियामा महाधिवेशन प्रतिनिधिहरूले सहभागिता जनाउने छन्।

पार्टी नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि प्राविधिक तयारी र व्यवस्थापनका कारण मतदान स्थगित हुँदै आएको थियो।

आजको मतदानबाट एमालेको आगामी कार्यदिशा र नेतृत्वको स्वरूप तय हुने भएकाले महाधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ।

Leave a Comment