प्रधानमन्त्री कार्कीसँग भेटका लागि रवि लामिछाने बालुवाटार जाने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, ६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्ने भएका छन् ।

सहकारी ठगीसम्बन्धी प्रकरणमा कारागारबाट हालै रिहा भएका लामिछाने साँझ साढे ६ बजे बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसँग भेट गर्न लागेका हुन् ।

प्रधानमन्त्री कार्कीसँग लामिछानेको यो पहिलो औपचारिक भेट हुनेछ । रिहापछि आजै पार्टी केन्द्रीय कार्यालय पुगेका उनले वर्तमान सरकारलाई रास्वपाको समर्थन रहेको सन्देश दिएका छन् ।

प्रधानमन्त्रीसँगको भेटमा समसामयिक राजनीतिक अवस्था, सरकारको कार्यदिशा र आगामी राजनीतिक सहकार्यबारे छलफल हुने बताइएको छ ।

Leave a Comment