काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो वार्मअप खेल खेल्दैछ। नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध भारतको चेन्नईस्थित एम. ए. चिदम्बरम स्टेडियममा प्रतिस्पर्धा गर्न लागेको हो। खेल नेपाली समयअनुसार साँझ ५:१५ बजे सुरु हुनेछ।
नेपालले दोस्रो वार्मअप खेल क्यानडाविरुद्ध फेब्रुअरी ५ मा पुनः चेन्नईमै खेल्ने तालिका रहेको छ। उक्त खेल दिउँसो ३:१५ बजे सुरु हुनेछ।
रोहित पौडेलको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोली टी–२० विश्वकपमा तेस्रो पटक सहभागी हुँदैछ। आईसीसी टी–२० विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा सञ्चालन हुनेछ।
समूह चरणमा नेपाल स्कटल्याण्ड, इङ्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग रहेको छ। नेपालले समूह चरणका खेलहरू यसअनुसार खेल्नेछः
फेब्रुअरी ८ – इङ्ल्यान्ड
फेब्रुअरी १२ – इटाली
फेब्रुअरी १५ – वेस्ट इन्डिज
फेब्रुअरी १७ – स्कटल्याण्ड
नेपालका सबै समूह चरणका खेलहरू मुम्बईस्थित वाङ्खेडे स्टेडियममा हुनेछन्।

