फर्किनेहरूको संख्या बढ्दै; अस्थायी शिविरपछि गृहप्रान्तमा पुनर्स्थापना
काबुल — तालिबानले सत्ता सम्हालेपछि विदेशमा रहेका अफगान शरणार्थीहरूको स्वदेश फिर्ती तीव्र बनेको छ। पछिल्लो तथ्यांकअनुसार सन् २०२१ अगस्टयता ८० लाखभन्दा बढी अफगान नागरिक स्वदेश फर्किएका छन्, जसमा केवल पछिल्लो एक वर्षमै ४० लाखभन्दा बढीको हिस्सा रहेको सरकारी दाबी छ।
अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयका प्रवक्ता ले चालु वर्षको सुरुदेखि ४० लाख ७६ हजार ८०८ जना अफगानहरू विभिन्न देशबाट फर्किएको जानकारी दिएका छन्।
फर्किएका नागरिकहरूलाई सीमावर्ती क्षेत्रमा अस्थायी शिविरमा राखेर खाद्य, स्वास्थ्य र आधारभूत सहयोग उपलब्ध गराइन्छ। त्यसपछि उनीहरूलाई आफ्नै गृहप्रान्तमा पठाइने व्यवस्था रहेको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।
राजनीतिक परिवर्तनपछि सुरक्षाको अपेक्षा र विदेशमा बढ्दो आर्थिक दबाबका कारण ठूलो संख्यामा अफगानहरू स्वदेश फर्किन बाध्य भएको विश्लेषण गरिएको छ। तर, आवास, रोजगारी र सेवा अभावका कारण पुनर्स्थापनामा चुनौती कायमै रहेको अन्तर्राष्ट्रिय निकायहरूको भनाइ छ।

