५ चैत, काठमाडौं: इजरायलले जनवरीको युद्धविरामपछि मंगलबार गाजा पट्टीमा भीषण आक्रमण गर्दा कम्तीमा ३२६ जना प्यालेस्टिनी मारिएका छन् ।
उद्धारकर्ताहरूले कम्तिमा पनि ३२६ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
इजरायलले गागा क्षेत्रभरी, जसमा दक्षिणी गाजामा खान युनिस र रफाह, उत्तरमा गाजा शहर र देइर अल-बलाह जस्ता मध्य क्षेत्रहरूमा भीषण आक्रमण गरेको अलजजिराले जनाएको छ ।
अलजजिराका अनुसार मारिनेमा अधिकांश बालबालिकाहरू रहेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
‘ ३२६ जना शहीदहरूको शव गाजाको अस्पतालमा आइपुगेका छन्,’ प्यालेस्टाइनका स्वास्थ्यमन्त्रीले भनेका छन्, ‘अरू थुप्रै पीडितहरू अझै भग्नावशेषमुनि छन् ।’
Leave a Reply