कैलालीमा दुई मोटरसाइकल ठोक्किँदा ३ युवकको मृत्यु

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

गोदावरी–४ वनदेवी नजिक दुर्घटना; एक गम्भीर घाइतेको धनगढीमा उपचार

धनगढी, फागुन ९ — सुदूरपश्चिमको कैलाली जिल्लामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन युवकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरीका अनुसार शुक्रबार साँझ –४ वनदेवी क्षेत्र नजिक सुपप्र ०१–००९ प ७५८१ र सुपप्र ०१–००१ प ३१८७ नम्बरका मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा –१ का २५ वर्षीय योगेन्द्र शाह, –२ सन्तोषी टोलका २२ वर्षीय हरिश ओली र पहिचान खुल्न बाँकी एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका –६ का २२ वर्षीय जीवन पाठकको धनगढीस्थित अस्पतालमा उपचार भइरहेको छ। मृतक शाह, ओली र अर्का युवकको विभिन्न अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Leave a Comment