भारतीय महावाणिज्य दुतावास विरगंजद्वारा साङ्गितीक कार्यक्रमको आयोजना

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 71
पढ्न लाग्ने समय : 2 मिनेट

७ चैत्र, वीरगन्ज : भारतीय महावाणिज्य दूतावास विरगजद्वारा आज साङ्गितीक कार्यक्रमको आयोजना गरिएको छ । विरगंज टाउन हलमा मशहुर गायिका लता मंगेशकर र नेपाल भारत सहयोग मञ्च विरगंजका अध्यक्ष अशोक बैधको बुवा आमाको सम्झनामा साङ्गितीक कार्यक्रमको आयोजना गरिएको हो ।

भारतीय महावाणिज्य दूतावास विरगंज र नेपाल भारत सहयोग मञ्चको सहकार्यमा साङ्गितीक कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै विरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिहले पहिचान आफै बनाउनु पर्ने बताए । कसैले दिएको पहिचान फलिफाप नहुनेमा नगर प्रमुख सिंहले जोड दिए । वर्षको लगानीमा बनाएको आफ्नो पहिचान अस्तित्व कसैले चाहेर पनि मेटाउन नसक्ने सिंहले बताए । मानिस संसारमा जन्म लिए पछि आफु संग जाने भनेको आफ्नो पहिचान नै रहेको सिहले बताए ।

मशहूर गायिका मेनुका पौडेलले आफ्नो पहिचान बनाउन भारतको ईन्डियन आइडल, सारेगामा, नेपालको रेडियो नेपाल लगायतको प्रतियोगिताबाट आर्जन गरेको पहिचान कसैले मेटेर नमेटिने बताए । पहिचान यस्तो बनाउनुस कि पहिचानले पनि ‘मे आइ कमिन , भनेर भित्र छिरोस मेयर सिहले भने ।

कार्यक्रममा भारतिय महावाणिज्य दुत देवी सहाय मिना, विरगंज महानगरपालिकाका मेयर राजेशमान सिह, पर्सा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, बारा प्रमुख जिल्ला अधिकारी शंशिधर घिमिरे, पर्सा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल, बारा प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्ले , नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक बैध, नेपाल भारत मैत्रीसंघका पवन अग्रवाल, अजय साह, टिभि टुडेका धुर्व साह, कान्तिपुरका शंकर आचार्य, घण्टाघरका राधेश्याम पटेल लगायतको सहभागिता रहेको थियो । नेपाल भारत सहयोग मञ्चका अध्यक्ष बैद्यले गायिका पौडेललाई ५१ हजार नगर पुरस्कार प्रदान गर्नु भयो